प्रभुको शाखा भक्तपुरको बालकोटमा « Nagarik Khabar

प्रभुको शाखा भक्तपुरको बालकोटमा



भक्तपुर । प्रभु बैंक लिमिटेडले भक्तपुरको बालकोटमा शाखा विस्तार गरेको छ ।

बैंकले भक्तपुरको सुर्यविनायक नगर पालिका वडा नम्बर २ स्थित बालकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन संघीय सांसद महेश बस्नेतले गरेका थिए । बैंकले शाखा विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा बस्नेतले प्रंशसा गरे ।

कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक ग्राहक महानुभावसँग आवश्यकतानुसार हातेमालो र सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: