नेपाल भ्रमण वर्षको सफ्ट लन्च « Nagarik Khabar

नेपाल भ्रमण वर्षको सफ्ट लन्च



पोखरा । नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरण अन्तरगत सफ्ट लन्चिङ कार्यक्रम गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरास्थित फेवाताल किनारको कोमागाने पार्कमा गरेको कार्यक्रमका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङले अभियान सुरुवात गरेका थिए ।

‘घुम्न आएका अतिथिको सम्मान भ्रमण बर्ष २०२० को साझा आह्वान’ भन्ने नारा सहित सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने भएको छ ।

सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गर्दै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: