प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटिजन्सको १० लाख « Nagarik Khabar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटिजन्सको १० लाख



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३७ हजार ९७ जम्मा गरेको छ ।

बैंकले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको जनधनको क्षतिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उदेश्यले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ को स्थापना गरेको थियो ।

राहत कोषमा बैंकको तर्फबाट १० लाख र अन्य सहयोगी दाताबाट जम्मा भएको रकम सहित कुल रकम १० लाख ३७ हजार ९७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: