आज विश्व पुस्तक दिवस : पुस्तक पढौं पढाऔं « Nagarik Khabar

आज विश्व पुस्तक दिवस : पुस्तक पढौं पढाऔं



काठमाडौं । आज अप्रिल २३ अर्थात विश्व पुस्तक दिवस । स्वतन्त्र र खुला समाजका आधार स्तम्भका रुपमा रहेका पुस्तक ज्ञान विज्ञानका विनिमय माध्यम हुन् । आजकै दिन पुस्तक, लेखक र प्रतिलिपी अधिकार सुरक्षित राख्ने कानुनको सम्मानमा जोड दिंदै पुस्तक दिवस मनाउने गरिएको छ।

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो। अप्रिल २३ तारिख विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरको निधन भएको दिन पनि हो । नेपालमा पुस्तक तथा प्रतिलिपी अधिकार दिवस मनाउन थालिएको केही वर्ष मात्रै भएको छ । तर पुस्तक र पुस्ताकालयलाई देशका दुर्गम गाँउसम्म पुर्याउन सकिएको छैन ।

पछिल्ला वर्षमा पुस्तक पढ्ने बानी बढ्दै गएको श्रष्टाहरुको भनाई छ । सर्जकको अनुमति बिना कुनै पनि सामाग्रीको नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।

इ–पुस्तकको अवधारणा विश्वमा अघि बढिरहँदा नेपालमा भने यसको कार्यान्वनमा चुनौती देखिएको छ। हालसम्म नेपालका सबै क्षेत्रमा इन्टरनेटको पहुँच नभएको हुँदा यो अवधारणा कार्यान्वयन हुन नसकेको हो ।

नेपालका केही पुस्तक बिक्रेता इ–पुस्तक प्रणालीअन्तर्गत गइसकेका छन् । पुस्तकको पूर्ण हिस्सामध्ये ७० प्रतिशत बजार पाठ्यपुस्तकले ओगटेको छ । निजीस्तरबाट उत्पादित पुस्तकले हाल केही राम्रै बजार पाइरहेको छ । आजका पुस्ताको पठन प्रवृत्ति बानी हराउँदै गएकाले पनि पुस्तकको बिक्री घट्दै गएको गएको छ। विसं २०७३ मा नै पुस्तक नीति बनाउन शिक्षा, विज्ञान तथा प्रविधि तथा मन्त्रालयले शुरु गरेको थियो ।

मन्त्रालयले विसं २०७४ मा नै नीति कार्यान्वयन गर्ने घोषणा गरेको थियो । नीति पारित हुन ढिलासुस्ती भएका कारण हालसम्म पनि लागू आउन सकेको छैन । जस्लेगर्दा प्रतिलिपी अधिकार ऐन पनि राम्रोसँग कार्यान्वयन हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: