उर्जामा विश्व बैकको ८४ करोड सहयोग « Nagarik Khabar

उर्जामा विश्व बैकको ८४ करोड सहयोग



काठमाडौं । विश्व बैंकले नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जा विकासका लागि साढे ८४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

‘मिनी ग्रिड ऊर्जा पहुँच आयोजना’का नाममा सो सहयोग दिने भएको हो। सहयोग उपलब्ध गराउने विषयमा सोमबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बैंकका तर्फबाट विज्ञान प्रधानले हस्ताक्षर गरेका छन्।

विश्व बैंकले दिने ७६ लाख १० हजार अमेरिकी डलर ९करिब ८४ करोड ५२ लाख रुपैयाँ० रणनीतिक जलवायु कोषको रकम हुनेछ।

सो कोषको ५६ लाख १० हजार डलर अनुदान र २० लाख सहुलियत ऋणको रूपमा उपलब्ध गराउने छ। उक्त आयोजनाले चार वर्षमा १ करोड ७२ लाख १० हजार डलर खर्च गरिसक्नुपर्छ ।

अपुग रकममध्ये ६० लाख डलर सरकार र ३६ लाख डलर निजी क्षेत्रले लगानी गर्नुपर्ने हुन्छ। निजी क्षेत्रले सोलार, वायु, लघुजलविद्युत लगायत स्रोतबाट उत्पादन गर्ने विद्युत सस्तो बनाउन बैंकले अनुदान तथा सहुलियत ऋण दिन लागेको हो।

आयोजना सम्पन्न भएपछि १ लाख २६ हजार ग्रामीण जनतामा सेवा पुर्याउने लक्ष्य छ। सहयोगले ग्रामीण क्षेत्रमा लघुजलविद्युत तथा सोलारसम्बन्धी ८० भन्दा बढी व्यवसाय सिर्जना हुने अनुमान छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कार्यान्वयन हुने आयोजनाले चार वर्षमा सबै लक्ष्य पूरा गर्नुपर्ने छ।

‘विश्व बैंकको सहयोगले मिनी ग्रिड सोलार तथा लघुजलविद्युत आयोजनामा काम गर्ने निजी क्षेत्रलाई ठूलो मद्दत पुग्नेछ,’ उनले भने, ‘सरकारले पनि निजी क्षेत्रलाई उचित सहयोग गरेर आयोजना अघि बढाउने छ।’

आयोजना अन्तर्गत ग्रामीण क्षेत्रमा विद्युत पुर्याउन निजी क्षेत्र तथा सहकारी संस्था परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

यो सहयोगमार्फत निजी क्षेत्रले सोलार तथा लघुजलविद्युत आयोजना विकास, निर्माण तथा सञ्चालन गर्नेछन्।

आयोजनाले २५ भन्दा बढी मिनी ग्रिड उपआयोजनामा सहयोग गर्दै ३।८ मेगावाट विद्युत उत्पादनमा पनि योगदान पुर्याउनेछ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: