साकेला गाउँपालिका–३ का वडाध्यक्ष राईको निधन « Nagarik Khabar

साकेला गाउँपालिका–३ का वडाध्यक्ष राईको निधन



खोटाङ । निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको निधन भएको छ ।

गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा सोमबार साँझ बाटैमा निधन भएको हो। सुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वरो र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपुर्याउँदा राईको निधन भएको आफन्तले बताएका छन्। उनको बाटैमा निधन भएपछि आफन्तले राति नै घर फर्काएका थिए ।

वडाध्यक्ष राईको मंगलबार नै दाहसंस्कार गरिएको छ । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य थिए । पार्टीको युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: