काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउने खेलमा लागेका तत्वहरुलाई कानुनअनुसार ठीक पार्ने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा मन्त्री बास्कोटाले धर्मजस्तो संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भए त्यस्तालाई कानुने ठीक पार्ने बताएका हुन् ।
‘इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ,’ उनले भने, ‘प्रगति र सुशासनलाई अवरोध पुर्याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको छ ।’ उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे ।