फेरि विद्रोह गर्ने भ्रममा नबसौं : अध्यक्ष प्रचण्ड (भिडियोसहित) « Nagarik Khabar

फेरि विद्रोह गर्ने भ्रममा नबसौं : अध्यक्ष प्रचण्ड (भिडियोसहित)



काठमााडैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न आग्रह गरेका छन् । मुलुककमा फेरि विद्रोह, हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आग्रह गरेका हुन्।

मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले आदिवासी÷जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको दाबी गरे । त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दवाव दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दवाव दिन जरुरी छ ।’

संविधानमा किटान गरिएको आदिवासी/जनजातिहरुको पहिचानअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको उनको भनाइ ।

अध्यक्ष प्रचण्डले विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आदिवासी जनजातिको पक्षमा नरहेको दाबी समेत गरे । उनले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातिहरुको आत्मसम्मान हुने गरी विकास निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको बताए ।

“>

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: