ताप्लेजुङमा सर्वाधिक धन राशीको भलिबल प्रतियोगिता हुने « Nagarik Khabar

ताप्लेजुङमा सर्वाधिक धन राशीको भलिबल प्रतियोगिता हुने



काठमाडौं । ताप्लेजुङको मैवाखोला गाँउपालिकामा सर्वाधिक धन राशीको ‘तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता २०७६’ आयोजना हुने भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईको उपस्थितिमा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराइएको हो ।

प्रतियोगिताको विजेताले तीन लाख ५१ हजार ५०५,, उपविजेताले एक लाख ७६ हजार २५१ रुपैयाँ र सेमिफाइनलका उपविजेता टिमहरुलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल लागत ३६ लाख ५६ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

वैशाख २२ देखि २६ गतेसम्म मैवाखोला गाँउपालिका–३ साँघु स्थित नारायणी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियाृेगिताको नगद पुरस्कारको प्रायोजन काठमाडौंमा व्यवसाय गर्दै आएका ताप्लेजुङका बलबहादुर तामाङ, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा गरेका छन् ।

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यु पाथीभरा क्लबको सहआयोजनामा हुन लागेको प्रतियोगिता संयोजक दिवस चोङबाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: