डडेल्धुरामा दुर्घटना, ६ जनाको मृत्यु « Nagarik Khabar

डडेल्धुरामा दुर्घटना, ६ जनाको मृत्यु



डडेल्धुरा । गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ।

उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो।

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।

मृतकहरुको सनाखत हुन सकेको छैन। प्रहरीले घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: