चेन्नाई सुपर किंग्स ६ विकेटले विजयी, शिर्ष स्थानमा उक्लियो « Nagarik Khabar

चेन्नाई सुपर किंग्स ६ विकेटले विजयी, शिर्ष स्थानमा उक्लियो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै शिर्ष स्थानमा उक्लिएको छ ।

१७६ रनको लक्ष्य पाएको चन्नेइले सेन वाट्सनको उत्कृष्ट ब्याटिङको मद्दतले १९.५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

५३ बल खेलेका वाट्सन ९ चौका र ६ छक्काको मद्धतले ९६ रनको स्थितिमा भुवनेश्वरको बलमा क्याच आउट भए ।

सुरेश रैनाले ३८ रन यस्तै अम्बाती राइडुले २१ रनको योगदान गरे ।

यसअघि चेन्नेइमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली हैदरावादले निर्धारित ओभरमा तीन विकेट गुमाउँदै एक सय ७५ रन बनाएको थियो। उसका मनिष पाण्डेले ८३ रन तथा ओपनार डेविड वार्नरले ५७ तथा बनाए । त्यस्तै विजय शंकरले २६ रन बनाए ।

जितपछि चेन्नेइले ११ खेलमा आठ जितका साथ १६ अंक बनाउँदै फेरी शिर्ष स्थानमा उक्लिएको छ ।एक खेल कम खेलेको हैदरावाद १० अंक सहित चौंथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: