जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक « Nagarik Khabar

जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगहरू क्रिटिकल इल्नेसको जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना मंगलबार सार्वजनिक गरेको हो।

समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी योजना सार्वजनिक गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए। ‘हामीले सर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं’, झाले भने, ‘हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सेवाग्राहीहरूलाई सहयोग पुग्ने विश्वास लिएका छौं।’

कम्पनीका अनुसार यो योजना लिएमा बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ। साविकको योजना भने बिमा अवधिसम्म चालू रहनेछ। यस पूरक करारले थप जोखिम बहन गर्नेछ। ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बिमा गरेका बिमित वा नयाँ बिमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन्।

योजनामा क्यान्सर, अन्तिम चरणको मिर्गौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेकोरडढेको लगायत विभिन्न रोगहरू समावेश गरिएको छ। यो योजनामा सहभागी हुन नियमित बिमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: