नेपालको दोस्रो जित « Nagarik Khabar

नेपालको दोस्रो जित



एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित आत्मसाथ गरेको हो ।

यो सिजतसँगै प्रतियोगिताको समूह एमा नेपालले दुई खेलबाट चार अंक बनाएको छ । थाईल्यान्डमा जारी प्रतियोगितामा टस जिती पहिले व्याटिङ गरेको नेपालले ३४.५ ओभरमा सबै विकेट गुमाउँनु अघि एक सय ४१ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा आएको मलेसियालाई ३३.२ ओभरमा एक सय दुई रनमै समेट्दै नेपालले जित निश्चित गरेको हो ।

नेपाललाई जित दिलाउँन आशिस भट्टराईले ३४ तथा कप्तान विशाल विक्रम केसीले २८ रनको योगदान दिए । आशिस र विशालले तेस्रो विकेटका लागि ५३ रनको अर्धसतकीय साझेदारी गरेपछि नेपालको पारी अघि वढेको थियो । त्यसवाहेकका खेलाडीले भने गतिलो योगदान गर्न सकेनन् । प्रारम्भिक व्याट्सम्यानद्धय दिपक बोहोरा र अर्जुन कुमालले समान १६ रन जोड्दा सुवास अयर ११ र निखिल कुमार सिंह १२ रनमा आउँट हुन पुगे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेन्न ।

वलिङतर्फ प्रशान्त महत, रमेश कुर्मी र तीलकराज भण्डारीले दुई÷दुई विकेट लिदा मलेसिया सानो योगफलमा समेटिन पुगेको थियो । मलेसियाका लागि शर्भिन सुरेन्द्रनले ४६ रन जोडेका थिए । वान अहमाद असीरफले १७ र किशन कुमारले ११ रन जोड्दा अन्य खेलाडीले ६ रन भन्दा माथिको योगदान दिन सकेनन् ।

नेपालका लागि प्रशान्त सिंह र निखिलकुमार सिंहले एक÷एक विकेट लिएका थिए । मलेसियाका सिद्धार्थ कार्थिकले चार विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: