सचिन तेन्दुलकरसँग सन्दीप ! « Nagarik Khabar

सचिन तेन्दुलकरसँग सन्दीप !



एजेन्सी । भारतीय क्रिकेटर सचिन तेन्दुल्करलाई क्रिकेट खेलका जिउँदा भगवान् मानिन्छ । उनै तेन्दुल्करको आज जन्म दिन हो । यो अवसरमा उनलाई हजारौं समर्थकले जन्म दिनको शुभकामना व्यक्त गरेका छन् ।

त्यसमध्ये नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि तेन्दुल्करलाई जन्म दिनको शुभकामना दिएका छन् । सन्दीपले सामाजिक सञ्जाल ट्विटरमार्फत तेन्दुल्करलाई जन्म दिनको शुभकामना दिएका हुन् । जसमा उनले भनेका छन्, ‘हामी उनले खेलेको हेरेर हुर्किएका हौँ । उनी लाखौँ क्रिकेटरका लागि प्रेरणाका स्रोत हुन् । उनलाई जन्म दिनमा शुभकामना दिन चाहन्छु ।’
सन्दीपले शुभकामना सन्देशसँगै तेन्दुल्करसँगको आफ्नो तस्विरसमेत ‘पोस्ट’ गरेका छन् । इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्न हाल भारतमा रहेका सन्दीपले मुम्बई इन्डियन्ससँगको खेलका क्रममा तेन्दुल्करसँग सो तस्बिर खिचेका हुन् । सन्दीप हाल दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका छन् भने तेन्दुल्कर मुम्बई इन्डियन्सको प्रशिक्षक छन् ।
तस्वीर: सन्दीप लामिछानेको ट्विटरबाट साभार

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: