११ वैशाख २०६३ को शाही घोषणामा के थियो ? « Nagarik Khabar

११ वैशाख २०६३ को शाही घोषणामा के थियो ?



काठमाडौं। प्रत्यक्ष शासन सत्ता हातमा लिएका तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलन उत्कर्षमा पुगेका बेला विसं २०६३ साल बैशाख ११ गते प्रतिनिधिसभालाई पुर्नस्थापना गरे। संसदवादी दलको माग अनुसार उनले देशवासीका नाममा सम्बोधन गर्दे विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुर्नस्थापना गरे ।
संसद विघटन गरेपछि तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र संघर्ष गरिरहेको तत्कालिन बिद्रोही नेकपा (माओवादी)बीच विसं २०६२ साल मंसीर ७ गते १२ बुँदे समझदारी भयो। सात दल र माओवादीबीच भएको समझदारीपछि आन्दोलनले गति लिएको थियो।
आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा तत्कालिन राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। त्यसपछि विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजालाई निलम्बनमा राखेको थियो।

पूर्वराजा ज्ञानेन्द्रले विसं २०६३ वैशाख ११ गते गरेको शाही घोषणा

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: