आर्थिक वृद्धिदर कायम रहने गरी बजेट गरौं : गभर्नर नेपाल « Nagarik Khabar

आर्थिक वृद्धिदर कायम रहने गरी बजेट गरौं : गभर्नर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उच्च आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट निर्माण गर्न आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

नेपालले तीन वर्षयता लगातार कायम हुँदै आएको उच्च आर्थिक वृद्धिदरलाई कायमै हुने गरी सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणमा आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका हुन् । बुधबार काठमाडौंमा आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना गरिएको ‘प्रि बजेट’ छलफल कार्यक्रममा गभर्नर नेपालले व्यापार घाटा कम गराउने विषयमा सरकारलाई सुझाव दिन सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराए ।

उनले विपद व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा सरकारलाई परामर्श दिनुपर्ने खाँचो रहेको औंल्याएँ । सरकारले आगामी आर्थिक वर्षको बजेट आगामी जेठ १५ गते सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले बजेट ल्याउन सरकारको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: