खेलकुदमा थप लगानी गरौं : उपराष्ट्रपति पुन « Nagarik Khabar

खेलकुदमा थप लगानी गरौं : उपराष्ट्रपति पुन



बाँके । उपराष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई स्वस्थ राख्न खेलकुद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले भने, ‘नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकुदको विकास जरुरी छ ।’ निर्धारित समयमै खेलकुद सम्पन्न गरेकामा सरकारप्रति धन्यवाद ज्ञापन गर्दै उनले बाँकी रहेका पूर्वाधार सम्पन्न गर्नका लागि पनि अनुरोध गरे । उनले बाँकी रहेका भौतिक पूर्वाधारका काम सम्पन्न गर्दै १३ औँ दक्षिण एशियाली खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।

कावा राष्ट्रपति पुनले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई धन्यवाद पनि दिए । यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति पुनले गरेका हुन् । उपराष्ट्रपति पुन बुधबार कोहलपुरमा रहने र बिहीबार बर्दियाको बाँसगढी नगरपालिकास्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी काठमाडौँ फर्किने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: