बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Nagarik Khabar

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पोखरा । पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बसले पृथ्वीराजमार्गको बुढीबजारमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

एउटै दिशाबाट आएको ना २ ख २१६९ नम्बरको बसले ग ६ प ३०२९ को मोटरसाइललाई ठक्कर दिँदा चालक पोखरा–२६ का ३९ वर्षीय टीकाराम तिमिल्सेनाको मृत्यु भएको हो ।

बसले बाटो उछिन्दै गर्दा आफ्नै दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा तिमिल्सेना बाटोमा लडी घाइते भएका थिए । उनलाई उपचारको क्रममा पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बसका चालक रवीन केसीलाई पक्राउ गरी अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: