चिनीयाँ जहाज : एक वर्षमा ६० करोड नोक्सान « Nagarik Khabar

चिनीयाँ जहाज : एक वर्षमा ६० करोड नोक्सान



काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७४/०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् ।

निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: