वैशाख १२ को भूकम्प, जुन कहिल्यै नदोहोरियोस् « Nagarik Khabar

वैशाख १२ को भूकम्प, जुन कहिल्यै नदोहोरियोस्



काठमाडौ । काठमाडौ । प्राकृतिक विपत्ति भूकम्पले मुलुकमा ठूलो क्षति पुर्याएको दिन वैशाख १२ गते आज नै हो । २०७२ साल बैसाख १२ गते शनिबार नेपालको समय अनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व दक्षिणपूर्व गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्पजाँदा ७ हजार ९ सय ४१ जनाको ज्यान गएको थियो । भुकम्प मापन केन्द्रका अनुसार १५ किमी माइल गहिराईमा भूकम्पको केन्द्रविन्दु थियो । विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो ।
भूकम्पले नेपालसँगै भारत, चीन र बङ्गलादेशमा पनि क्ष्ति पुर्याएको थियो ।

भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवन भत्किएका थिए । अहिले ती पुर्ननिर्माणको क्रममा छन् । वसन्तपुर दरवार क्षेत्र निकै प्रभावितभएको थियो भने भूकम्पले राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्तभएको थियो ।

विसं२०७२ साल बैशाख १२ गते नेपालमा आएको सो भुकम्पको धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको छ । भूकम्पका कारण विश्वका १० पर्यटकीय उपत्यका मध्यको लाङटाङ उपत्यका हिउँ पहिरोमा पुरिएको थियो । यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएको थिएन सम्पुर्ण नेपालीको मुटु पनि हल्लाएको थियो ।
भूकम्पका कारण १० हजार ८ सय ३ सरकारी घरहरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घर पूर्ण क्षतिभएका थिए भने २ लाख ७७ हजार ५० घर आंशिक क्षति भएका थिए ।

त्यस्तै बैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजीवनपनि फेरि त्रसित भएको थियो ।
२०४५ भदौ ५ गते बिहानपौने पाँच बजे नेपालमा भूकम्पगएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पुरै नेपालभर महसुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७ सय ५० जना मानिसले ज्यान गुमाएका थिए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भएका थिए । १९९० सालमागएको भूकम्पबाट करिब १६ हजार मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: