गर्मीले रोकेन खेलाडीलाई « Nagarik Khabar

गर्मीले रोकेन खेलाडीलाई



बर्दिया । गर्मीको पारो चढ्दो छ । खेलाडीलाई त्यसको कुनै परवाह छैन । उनीहरुलाई पदक जित्नु छ ।

उनीहरुको लक्ष्य स्पष्ट छ, जस्तोसुकै प्रतिकूलता भए पनि पदक नगुमोस् । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ ।

नेपालगन्जलाई केन्द्रबिन्दु मानेर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीले गर्मीलाई चुनौती दिदै रेकर्ड कायम गरे ।

गौरिकाबाट कीर्तिमान बराबरी

राष्ट्रिय खेलकुदमा पहिलोपटक सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण जितेर किर्तिमानी बराबरी गरेकी छिन् ।

यसअघि २०६५ मा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा करिस्मा कार्कीले १२ स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: