एजेन्सी । इन्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलेभेन पन्जाबलाई पराजित गरेको छ ।
बुधवार राती एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा घरेलु टोली बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गर्यो । बैंगलोरको जितमा दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्स नायक बने ।
बैंगलोरका लागि डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्क्स स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।
कप्तान विराट कोहली १३ रनमा आउट भए । पन्जाबका मोहम्द शमी, रविचन्द्रन आश्विन, मुरुगान आश्विन र हार्डुस भिल्जोइनले समान १/१ विकेट लिए ।
बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाब २० ओभरमा ७ विकेट गुमाएर मात्र १८५ रनमा समेटियो ।
पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा केएल राहुलले ४२ रन बनाए । मयंंक अग्रवालले ३५, डेभिड मिलरले २४ तथा क्रिस गेलले २३ रन बनाए ।
बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए ।
जितसँगै बैंगलोर सातौँ स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट ८ अङ्क जोडेको छ ।
पराजित पन्जाब पाँचौँ स्थानमा छ । पन्जाबले ११ खेलबाट १० अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको चेन्नईको १६ र दोस्रो स्थानमा रहेको सन्दीप लामिछाने आबद्ध दिल्लीको १४ अङ्क छ । तेस्रो स्थानको मुम्बईको १२ र चौथौँ स्थानको हैदरावादको १० अङ्क छ ।
आइपिएलमा बिहीबार कोलकाता र राजस्थान भिड्ने छन् ।