आज केही स्थानमा हल्का बर्षा « Nagarik Khabar

आज केही स्थानमा हल्का बर्षा



काठमाडौं । मौसम पूर्वानुमान शाखाले आज देशका अधिकांश भागमा आंसिक बद्ली हुने जनाएको छ । त्यस्तै पहाडी भूभागका केही स्थान र पश्चिम पहाडको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का बर्षा हुने पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान शाखाले तीनको दिनको मौसम यस्तो हुने उल्लेख गरेको छ ।
बैशाख १२ गते (बिहिबार)
देशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एकरदुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रहि तराईका भूभागहरुमा सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १३ गते (शुक्रबार)
दिउँसोः देशका पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागमका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली र बांकि भुभागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १४ गते (शनिबार)
दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बांकि भुभागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एकरदुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बांकि भुभागमा आंशिक बदली रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य पहाडी भूभागका एकरदुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: