के हामी सुशासनको लागि रचनात्मक बहस गर्न तयार छौं ? « Nagarik Khabar

के हामी सुशासनको लागि रचनात्मक बहस गर्न तयार छौं ?



कल्याण गुरुङ
नेता, नेपाली कांग्रेस

अहिले केवल गम्भीर र रचनात्मक बहसको लागि यो बिषयमा प्रवेश गरेको छु । यो मेरो अत्यन्त निजी बिचार हो । देशमा सुशासनको आवश्यकता छ ।

के हामी सुशासनको लागि गम्भीर र रचनात्मक बहस गर्न तयार छौं ? यदि तयार छौं भने सुशासन र समृद्धिको लागि गम्भीर बहस गरौं ।

अहिले नेपालको संबिधानमा प्रतिनिधिसभा तह, प्रदेससभा तह र स्थानीय तह (जिल्ला समन्वय समिति, महानगर पालिका, उपमहानगर पालिका, नगर पालिका र गाउँ पालिका)को कार्यकाल ५ (पाँच) बर्ष कायम गरिएको छ ।

निर्वाचनमा प्राप्त मतको आधारमा आम जनताको अभिमत बढीमा दुई बर्षमा परिवर्तन हुन पनि सक्दछ । जन अभिमतको आधारमा पाँच बर्षको कार्यकाल लामो पनि हुन सक्दछ।

बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा लोकप्रिय पार्टी र व्यक्तिहरु दुई बर्षपछि पनि पुनः निर्बाचित भएर आउन सक्दछन् । लामो कार्यकालले सुशासनलाई पनि प्रभावित गर्न सक्दछ ।

यसैले नेपालको संविधानमा संशोधन गरेर प्रतिनिधिसभा तह, प्रदेससभा तह र स्थानीय तह सबैको कार्यकाल “दुई बर्ष” राख्नु उपयुक्त हुन सक्दछ या उपयुक्त हुन सक्दैन ?

बहस गरौं

सबै तहमा दुई बर्षको कार्यकाल राख्दा यसले प्रत्य क्षरुपमा निर्वाचन खर्च बढाए पनि अप्रत्यक्ष रुपमा भ्रष्टाचार घटाउन र सुशासन कायम गराउन प्रभावकारी भुमिका खेल्छ ।

अहिले सबै तहमा हुने भ्रष्टाचारको रकम र बिगबिगीलाई हेर्ने हो भने हरेक दुई बर्षमा हुने निर्वाचनको खर्च तुलनात्मक रुपमा कम हुन सक्दछ ।

अझ सुशासन कायम हुने हो भने देशमा समृद्धि आउन समय लाग्दैन । नेपालमा सुशासनको लागि धेरै तत्वहरुले प्रभावित गरिरहेको हुन्छ ।

नेपालमा निर्वाचित निकायहरुको कार्यकाल लामो हुनु र देशमा तल्लो तहसम्म भ्रष्टाचारको जालो फैलनु लगायतले आम नागरिकमा सुशासन को प्रभावकारी रुपमा अनुभुति दिलाउन सक्दैन ।

यसैले नेपालको संबिधानमा संशोधन गरेर हरेक प्रतिनिधिसभा तह, प्रदेससभा तह र स्थानिय निकाय तहको हरेक निर्वाचित तहको कार्यकाल दुई बर्ष र हरेक तहको निर्वाचन दुई बर्षमा गर्ने प्रावधान बनाउन सकियो भने सुशासन र समृद्धिको लागि उपयुक्त हुन सक्दछ या उपयुक्त हुन सक्दैन ?

आऔं, गम्भीर रचनात्मक बहस एवं चिन्तन गरौं ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: