बिबिसी । श्रीलङ्कामा गत आइतवार भएको एउटा विस्फोटनमा परेर ज्यान गुमाएका एक व्यक्तिको परिवारले उनका कारण धेरैको ज्यान जोगिएको बताएको छ।
इस्टरको उपलक्ष्यमा प्रार्थना गर्न भेला भएका इसाईहरूलाई लक्ष्य गरी आत्मघाती आक्रमण गर्न आएका एक सन्दिग्ध व्यक्तिलाई रमेश राजुले गिर्जाघरमा छिर्न दिएका थिएनन्। ती आक्रमणकारी गिर्जाघरभित्र छिरेको भए त्यहाँ धेरै जना हताहत हुन सक्थे।
श्रीलङ्काको पूर्वी तटस्थित बट्टिकलोआमा क्रिशन्थिनी रमेशको घरबाहिर एउटा ठूलो पोस्टर झुन्डाइएको छ। त्यसमा देब्रेपट्टि हाँसिरहेका एक पुरुषको तस्बिर छ।
ती ४० वर्षीय पुरुषको नाम रमेश राजु हो। उनी भवन निर्माण गर्ने ठेकेदार थिए।