आइपिएल क्रिकेट: खेल्दा खेल्दै हराएको बल यसरी भेट्टियो « Nagarik Khabar

आइपिएल क्रिकेट: खेल्दा खेल्दै हराएको बल यसरी भेट्टियो



एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको बुधवार रातीको खेलमा खेल्दा खेल्दै बल हराएको छ । बेंगलोर र पन्जाबबिचको खेलमा हराएको बल पछि फेला परेको हो । १४ औँ ओभर सकिएपछि स्ट्रेटेजिक टाइम आउट भयो । दुई मिनेट ३० सेकेण्डको समय सकिएपछि दुवै टिमका खेलाडी पोजिसनका लागि मैदान फर्किए । क्रिजमा ए बी डेभिलियर्स र मार्कस स्टोइनिस थिए ।
पन्जाबका कप्तान आर आश्विनले १५ औँ ओभरका लागि अंकित राजपूतलाई पठाए । एकाएक बल हराएपछि अम्पायरले छलफल गरे । तर बल भेटिएन । एकाएक बल हराएपछि सबै आश्चर्यमा परे । केही खेलाडी हाँस्न थाले । त्यसै क्रममा फोर्थ अम्पायरले बल सहितको डब्बा लगेर अम्पायरसम्म पुगे । अम्पायरले डब्बाबाट बल झिके । त्यसपछि मात्र अम्पायर केसी शमसुद्दीनले आफ्नो गोजीमा बल राखेको थाहा पाए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: