हाँस्यकलाकारबाट युक्रेनी राष्ट्रपति बनेका भ्लादिमीर जेलिन्से « Nagarik Khabar

हाँस्यकलाकारबाट युक्रेनी राष्ट्रपति बनेका भ्लादिमीर जेलिन्से



युक्रेनको राष्ट्रपति पदमा निर्वाचित भएका चर्चित कमिडियन तथा फिल्म निर्माता भ्लादिमीर जेलेन्स्का शिक्षित परिवारमा जन्मेका थिए । सानैदेखि हाँस्यरससँग भिजेका भ्लादिमीर टोलमा जम्मा भएका आफन्त र साथीभाईलाई हँसाउदै हिड्थे । उनी सधै हसिलो अनुहार हिड्ने र कोहीसँग नरिसाउने स्वभावका थिए ।
त्यही स्वभावका कारण उनले युक्रेनमा जनताको अत्याधिक अभिमत पाए । भ्रष्टचार नियन्त्रण गर्न नसकेको र जनताको जीवनस्तर खस्केका कारण निवर्तमान राष्ट्रपति पेट्रो पोरेसेन्कोलाई जेलेन्स्काले भारी मतले पराजित गरे ।
भ्लादिमीरको जन्म सन १९७५ जनवरि २५ मा केभिरि भन्ने ठाउँमा भएको थियो । उनका मातापिता यहूदी हुन । उनका पिता ओलेकसेन्डर साइबरनेटिक्स को एक शैक्षणीक विभाग र कम्प्यूटिङ हार्डवेयरका प्रोफेसर थिए । उनको आमा रिमामा जेलिन्सेका ईन्जिनियरको रूपमा काम गर्थिन । शुरुमा ग्रामर स्कुल भर्ना हुनुभन्दा पहिला उनी ४ बर्ष मंगोलियामा आमा बाबुको साथमा रहेका थिए, जहां उनका पिताको जागिर थियो । जेल्सेन्स्कीले युक्रेनमै रहेको कीब राष्ट्रिय आर्थिक विश्वविद्यालय विभागमा कानून अध्ययन गरेका छन तर कानुनको क्षेत्रमा पेशेवर भएर काम गरेनन ।

सन २०१५ देखि २०१८ सम्म उनले टिभि सेरिज ‘सर्भेन्ट अफ द पिपुल’ अर्थात ‘जनताको सेवक’ नामक शो चलाएर चर्चा कमाएका थिए । १७ बर्सको उमेरमा उनी स्थानीय केवीएन टिम (एक कमेडी प्रतियोगिता) मा सामेल भएका थिए । उनलाई त्यस लगत्तै युनाइटेड यूक्रेनी टिम जापोरिजा रिह ट्रान्जिटमा भाग लिन निमन्त्रणा गरिएको थियो । सन १९९७ मा उनले ट्रान्जिटको मेजर लिगमा भाग लिदा उनले बिजय प्राप्त गरेका थिए । त्यसपछि आफै ‘आउटफिट काभार्टल ९५’ मार्फत युक्रेनमा टिभि शो चलाएका थिए । उनले आफ्नो च्यानलमा मुलुकमा बढ्दै गएको भ्रष्टचार बेथितिको बारेमा प्रतुति दिने गरेका थिए ।
सन २००३ मा उनले टिभि ‘च्यानल १ं१’ मा शो चलाउन शुरु गरेका थिए । सन २००६ मा ‘डान्सिङ विथ’ स्टारमा सहभागी भएपछि उनको चर्चा देशभरि चुलिएको थियो । सन् २००८ मा ‘लभ इन द बिग सिटी’मा फिल्मी करिएर शुरु गरेका थिए । उनको फिल्म सन् २०१२ र २०१४ मा रिलिज भएका थिए । ‘च्यानल इन्टर’को सामान्य निर्माता र बोर्ड सदस्यको जिम्मेवारी पाएका थिए ।
सन् २०१४ मा युक्रेनको साँस्कृतिक मन्त्रालयले रुसी कलाकारलाई युक्रेनमा ब्यान्ड गर्ने निर्णयको बिरोध गरेका उनका धेरै उत्पादनलाई सरकारले बन्द गरेको थियो । सन् २०१४ मा युक्रेनको डनबोसमा रसियन सर्मथक र सरकार विरोधी पक्षबीच हिंसात्मक द्वन्द भएको थियो । त्यतिबेला उनले युक्रेनको सेनालाई १० लाख हार्भिनिया सहयोग गरेका थिए ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: