लागु औषधसहित ३ जना पक्राउ « Nagarik Khabar

लागु औषधसहित ३ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौको बेग्ला बेग्लै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित प्रहरीले पक्राउ गरेको हो । नेपालगंजबाट काठमाडौंतर्फ आउँदैगरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बोगटीलाई सो लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १० कपन मिलनचोकस्थित सडक किनाराबाट नियन्त्रित मनोद्धिपक लागू औषध नाईट्राजेपाम (नाईट्राभेट) १ हजार ८९ ट्याब्लेट, कोडाइन,फोसफेट एण्ड कोरफेनिरमाइन मेल्टा सिरप १ सय एमएलको बोतल ६ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका १० का ३० वर्षीय बिशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ का २३ वर्षीय राम कार्की रहेका छ्न् । लागूऔषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: