काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले संसारमा भएका उच्चतम प्रविधिबाटै नेपालमा पनि भूकम्पको मापन भैरहेको जनाएको छ । ०७२ सालको गोरखा भूकम्पपछि प्रविधिका हिसाबले नेपालले फड्को मारेको केन्द्रमा कार्यरत भूकम्पविद् चिन्तन तिमिल्सीनाले बताए ।
पूर्वानुमान गर्न नसकिएपनि अन्य अध्ययनको क्षेत्रमा केन्द्रले काम गरिरहेको दावी केन्द्रले गरेको छ । संसारका विभिन्न स्थानको अध्ययनपछि नेपालमा पनि स्वचालित सिस्टमले काम गरिरहेको छ । अहिले विभिन्न क्षेत्रमा केन्द्र स्थापना गरेर काम गरेको छ ।
भिडियो