रुस पुगेर किमले पुटिनलाई के भने « Nagarik Khabar

रुस पुगेर किमले पुटिनलाई के भने



काठमाडौं । उत्तर कोरियालि नेता किम जोंङ उन र रसियाका रास्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
रूसको उत्तर पूर्वी क्षेत्रको व्लादिवोस्तोकको सहर नजिक रहेको रस्की
आइसल्याण्डमा उनीहरुले हात मिलाएका छन । उत्तर कोरियाली नेता किम रुस आइपुग्दा रूसी अधिकारीहरूले गम्भीरतापूर्वक स्वागत गरेका थिए ।
भेटमा पुटिनले भनेका छन ‘मलाई विश्वास छ कि तपाईको रसिया भ्रमणले कोरियन पेनिसुलामा रहेको विवाद समधान गर्न र यसमा रसियाले हालसालै चालिरहेको सकरात्मक प्रक्रियामा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा राम्रोसँग बुझ्न मद्वत भएको छ ।’

जवाफमा किमले भने, ‘यो बैठक दुई देशहरू बीचको सम्बन्ध विकास गर्न अत्यन्त उपयोगी छ , हामी दुई देशबीच लामो समयसम्म स्थिर र सुदृढ मित्रता र इतिहास रहदै आएको छ ।’

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच यस वर्षको शुरुआतमा भएको शिखर वार्ता निष्कर्ष विहिन भएको थियो । कोरियाली प्राद्विपमा समस्या समधानको नेतृत्व पुटिनले गर्न सक्ने आँकलण पनि गर्न थालिएको छ। विश्लेषकहरूले यो शिखर सम्मेलनबाट रूस कोरियाली प्रायद्वीपको समस्या समधानको लागि एक महत्वपूर्ण खेलाडी बन्ने सक्ने बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: