अझै पनि भूकम्पको जोखिम (भिडियोसहित) « Nagarik Khabar

अझै पनि भूकम्पको जोखिम (भिडियोसहित)



काठमाडौं । संसारभर पृथ्वीको भित्री सतहमा साना प्लेटहरू पनि छन् । यी कुनै पनि प्लेटहरू स्थिर छैनन् । कुनै एक आपसमा ठोक्किन्छन्, कुनै एक आपसबाट टाढा हुन्छन् । कुनै एक आपसबाट पार भएर जान्छन् । यिनीहरूकै चाल (मुभमेन्ट) का आधारमा भूकम्प पनि फरक फरक किसिमले जान्छन् । इन्डियन प्लेट र तिब्बतीयन प्लेटको जुन जुधाई हुन्छ ।
पश्चिमको अफगानिस्तानबाट ह्यामवर्गसम्मको २५ सय किलोमिटर लामो हिमालयन आर्कमा यस्तै खालको टकराब हुन्छ । इन्डियन प्लेट र तिब्बतीयन प्लेट पनि प्रतिवर्ष दुई सेन्टिमिटरको जुधाई भइरहेको हुन्छ । यो सुधाईमा इन्डियन प्लेटले तिब्बतीयन प्लेटलाई थिचिराख्न खोजेको हुन्छ ।
नेपालमा कसरी जान्छ भूकम्प ?
हाम्रो उच्च हिमाली शृङ्खलाको फेदमा झन्डै १५ देखी २५ किलोमिटरको गहिराइमा एकदमै तनाव (स्ट्रेस) सिर्जना भएको हुन्छ । त्यो तनाव चट्टानहरूले आफ्नो क्षमता भएसम्म मात्रै थेग्छ ।
आफ्नो शक्ति भन्दा बढी भयो भने त्यो चट्टानहरू भाँचिन्छन् । चट्टानहरू टुट्छन् । त्यसले तरङ्गहरू पैदा गर्छ । त्यो तरङ्ग तपाईँको घरसम्म आइपुग्दा तपाईँ त्यसलाई भूकम्प भन्नुहुन्छ । हाम्रो देशमा यसरी भूकम्प जान्छ ।
भूकम्पको पूर्वानुमान नगरेपनि अनुमानले शक्ति सञ्चय भएको कुरा बुझ्न सकिन्छ । कहाँ, कहिले र कत्रो ? भूकम्प जान्छ भन्ने कुरामा कुन ठाउँको ठुलो हिस्सा भाँचिएको छैन, त्यहाँ ठुलो शक्ति सञ्चय हुँदा ठुलो भूकम्पको जोखिम हुन्छ । शक्ति सञ्चयका आधारमा भूकम्प जान्छ । छैन, त्यहाँ ठुलो शक्ति सञ्चय हुँदा ठुलो भूकम्पको जोखिम हुन्छ । शक्ति सञ्चयका आधारमा भूकम्प जान्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: