हाम्रो खुलामञ्च खोई ? (भिडियोसहित) « Nagarik Khabar

हाम्रो खुलामञ्च खोई ? (भिडियोसहित)



काठमाडौं । टुँडिखेलस्थित खुलामञ्च मिचेर काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क बनाएको स्थानमा भटाभट सटर निर्माण भएपछि सरोकारवालाहरुले आन्दोलन गरेका छन् । ठेकेदार कम्पनीले सम्झौता विपरित सटर निर्माण गरेको भन्दै स्थानीय सर्वसाधारण सरोकारवालाहरुले विहिबार विहान सटर बन्द गराएर आन्दोलन शुरु गरेका हुन ।

खुलामञ्च बचाउ अभियानले टुडिखेलमा सटर निर्माणगरेकामा आक्रोश पोख्दै सटर बन्द गराएका थिए । पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिको इ बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा लगाएपछि सरोकारवालाहरुले आन्दोलन शुरु गरेका हुन । ‘लिबेबल काठमाडौं’ नामक समूहले हाम्रो ‘टुडिखेल खोई’ भन्दै प्लेकार्ड प्रर्दशन गरेका थिए । खुलामञ्चको रेखदेख गर्नुपर्ने जिम्मा काठमाडौं महानगरपालिकाको हो। खुलामञ्च मिच्ने विषय रोक्न महानगरपालिकाले कुनै पहल गरेको छैन । 

४० वटा नयाँ सटर निर्माण गरी नियम, मापदण्ड र सहमति विपरितका गतिविधि त्यहाँ भएपछि त्यसको विरोध गरिएको हो । स्थानीयले सो सटर डोजर लगाएर नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: