काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अस्थायी प्राविधिकहरुको सामुहिक राजीनामा दिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा खटाइएको अस्थायी प्राविधिकहरुले सरकारले सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै बिहीबार सामुहिक राजीनामा दिने घोषणा गरेको हुन् ।
गत चैत १० गतेदेखि आन्दोलनरत उनीहरुले सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि राजीनामाको घोषणा गर्न बाध्य भएको बताएका छन् ।
सरकारले पुननिर्माणका लागि भूकम्प प्रभावित ३२ जिल्लामा अस्थायी प्राविधिक खटाएको थियो । नियुक्तिका क्रममा सरकारले आफूहरूलाई दिने भनेको सेवा सुविधा नदिएको उनीहरूले आरोप लगाएको छन् ।