माइतीघरमा विद्यार्थीहरुको विरोध प्रदर्शन (भिडियोसहित) « Nagarik Khabar

माइतीघरमा विद्यार्थीहरुको विरोध प्रदर्शन (भिडियोसहित)



 
काठमाडौं । पोखरा विश्वविद्यालयका पीडित विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । 
 
कलेजले डी प्लस विषयमा कुनै पूर्वसूचना नदिइ रजिष्ट्रेशन नगर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन् ।
 
एक वर्षको समय खेर जानुका साथै सामाजिक रुपमा तिरस्कृत एवं मानसिक रुपमा पीडित बन्न पुगेको भन्दै विद्यार्थीहरुले गुनासो पोखेका छन् । 
 
विश्व विद्यालयका पीडित विद्यार्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पोखरा विश्वविद्यालयको नियमप्रति हाम्रो कुनै पूर्वाग्रह छैन, तर सम्बन्धन प्राप्त क्याम्पसले गरेको दोषको भागीदार हामी हुन तयार छैनौं ।’
 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: