एनसेलको सिम प्रयोग नगर्न सत्तारुढका विद्यार्थी र युवा संगठनको अपिल « Nagarik Khabar

एनसेलको सिम प्रयोग नगर्न सत्तारुढका विद्यार्थी र युवा संगठनको अपिल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी र युवा संगठनले निजी क्षेत्रको मोबाइले फोन सेवा प्रदायक कम्पनी एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् ।

राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, युवासंघका अध्यक्ष रमेशकुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर अपिल गरेका हुन् ।

उक्त संगठनहरुले २४ घण्टाभित्र कर नतिरे दबाबमुलक कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । साथै, एनसेललाई कर छुट दिने वा कुनै पनि सहुलियत दिने निर्णय नगर्न पनि सम्बन्धित निकायको ध्यानाकर्ष गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: