बारा र पर्साका हावाहुरी पीडितका घर निर्माणको जिम्मा नेपाली सेनालाई « Nagarik Khabar

बारा र पर्साका हावाहुरी पीडितका घर निर्माणको जिम्मा नेपाली सेनालाई



काठमाडौं । सरकारले बारा र पर्साका हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । बिहिवार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बारा तथा पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट उजाड तथा क्षति हुन पुगेका १४५३ घरको पुनर्निर्माणका लागि आवश्यक रू. ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । सरकारले दिएको रकमले प्रतिघर झण्डै ५ लाख ८२ हजारको लागतमा नेपाली सेनाले हावाहुरीबाट क्षतिग्रस्त घर निर्माण गर्नेछ । चैत १७को हावाहुरीबाट २८ जनाको मृत्यु भएको थियो भने १ हजार ४ सय ५३ घर क्षतिग्रस्त भएका थिए ।

मन्त्रीपरिषद् बैठकले नेपाल सरकारलाई चीन सरकारबाट प्राप्तहुने एक अर्व युआन (करिब रू १६ अर्व ८० करोड) सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गको अष्ट्रिया भ्रमण पनि स्वीकृत गरेको उनले बताए । साविकको दुर्गम क्षेत्र विकास समितिमाकार्यरत कर्मचारीहरूलाई स्थानियतहमा समायोजन गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।

२०७६ साल बैशाख ५ गते बिहीबार र १० गते म‌ंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेकाप्रमुख निर्णयहरू–

“>

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: