धरहराको पुननिर्माणको काम १२ प्रतिशत मात्र (हेर्नुस भिडियो सहित) « Nagarik Khabar

धरहराको पुननिर्माणको काम १२ प्रतिशत मात्र (हेर्नुस भिडियो सहित)



काठमाडौं । भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माणले गति लिन सकेको छैन् । अहिलेसम्म पुनर्निर्माणको काम १२ प्रतिशत मात्र भएको छ ।

पुरानै ठाउँमा नयाँ डिजाइन सहित ११ तलेको बन्ने धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भए पनि अझै जग उठ्न सकेको छैन । प्रधानमन्त्री ओलीले १२ पुसमा धरहरा पुनर्निर्माणका लागि शिलान्यास गरेका थिए ।

पुनर्निर्माण विज्ञ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सहसचिव राजुमान मानन्धरले भने छिट्टै जग उठाउन थालिने दावि गरे । मानन्धर पुनर्निर्माण विज्ञको रुपमा खटिएका छन् ।
काठमाडौ मल र हुलाक कार्यालयको भवनका कारण केहि समस्या देखिएको प्राधिकरणले जनाएको छ । हुलाक कार्यालय अर्को स्थानमा सार्ने तयारी गरिएको छ ।

धरहरा निर्माणको जिम्मा जिआइइ टिसी रमन जेभीले पाएको छ । आगामी दुई वर्ष भित्र धरहरा पुनर्निर्माण सम्पन्न गर्ने संता भएपनि कामले गति लिन सकेको छैन ।

रानीपोखरी तिहारसम्म बनिसक्ने

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रानीपोखरीको पुनर्निर्माणले भने लामो समयपछि गति लिएको छ । ०७२ माघ २ गते नै पुनर्निर्माणका लागि शिलान्यास भएको रानीपोखरी धेरै ढिलो गरी पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माण कसले गर्ने भन्नेमा लामो विवाद भएपछि अन्ततः राष्ट्रिय पुननिर्माण प्राधिकरणकै प्रयासमा पुनर्निर्माणले गति लिएको छ ।

हाल रानीपोखरी सफा गर्ने क्रम जारी छ । कालो माटो पनि एक चरण विछ्याई सकिएको छ । अब माटो ल्याउने काम भईरहेको छ । रानीपोखरीको बीचमा रहेको मन्दिरका लागि आवश्यक सिकर्मी डकर्मी भतmपुरबाट ल्याउन पहल भइरहेको छ ।

आगामी तिहारसम्ममा रानी पोखरी बनाईसक्ने लक्ष्य राखिएको छ । भाईटिका भित्र पानी राखेर रानीपोखरी खोल्ले लक्ष्य लिइएको पुनर्निर्माणविद् राजुमान मानन्धरले जानकारी दिए ।
भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: