प्रधानसेनापति थापाद्वारा नम्बर चार बाहिनीको निरीक्षण « Nagarik Khabar

प्रधानसेनापति थापाद्वारा नम्बर चार बाहिनीको निरीक्षण



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित नम्बर चार वाहिनी अड्डाको निरीक्षण गरेका छन् । प्रधानसेनापति थापाले बिहीबार निरीक्षण गरेका हुन् ।

त्यस क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनीको तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । प्रधानसेनापति थापा बुधबार नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा समेत सहभागी भएका थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब एक सय ४० स्वर्ण, ७९ रजत र ६७ कास्य गरी दुई सय ८६ पदकसहित पहिलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: