भूकम्प प्रतिरोधी संरचनाका लागि नयाँ नीति « Nagarik Khabar

भूकम्प प्रतिरोधी संरचनाका लागि नयाँ नीति



नेपालमा विनाशकारी भूकम्प गएको चार वर्ष पुगेको छ । बिहीबार विभिन्न कार्यक्रम मार्फत सरकारले भूकम्पपछिको पुनर्निर्माणले गति लिएको र फेरि पनि निश्चित समय भित्र पुनर्निर्माणको काम सक्ने प्रतिबद्धता जनाएको छ । तर भूकम्पबाट पीडित बनेका मध्य केहीले अझै पनि ओत लाग्ने छानो पाएका छैनन् ।

पुरातात्विक महत्त्वका क्षेत्रको पुनर्निर्माण थालिएपनि समयमै काम सकिनेमा आशङ्का छ । काम गराइको गति नै सुस्त छ । भौगोलिक अवस्थाले नेपाल भूकम्पको जोखिममा छ । हिमालय रेन्ज दुईवटा प्लेटकोबीचमा पर्छ ।

भारतीय र तिब्बतीयन प्लेटको बिचमा पर्ने भएकाले नेपाल भूकम्पको जोखिम क्षेत्र हो  । जोखिमको क्षेत्र भएकाले नेपालमा भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ । सरकारले भूकम्प प्रतिरोधी संरचनाको निर्माण थालेपनि आम नागरिकले तोकिएको मापदण्ड अनुसारका घर बनाउन सकेका छैनन् । काठमाडौँ उपत्यकामा सयौँ घर अहिले पनि काठको टेको मा अडिएका छन् ।

पुरातात्विक महत्त्वका क्षेत्रको पुनर्निर्माणले समेत अझै गति लिएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सङ्घीयता कार्यान्वयन भएकाले पुनर्निर्माणमा समस्या भएको जनाएको छ । गाउँ गाउँमा स्थानीय सरकार पुगेका बेला पुनर्निर्माणले गति लिनुपर्नेमा त्यसो हुन नसक्नु पक्कै पनि राम्रो कुरा हुन सक्दैन ।

स्थानीय सरकारसँग मिलेर सरकारले पुनर्निर्माणलाई गति दिनुपर्छ । अर्को तर्फ भूकम्पीय जोखिमको क्षेत्र भएकाले नेपालका नयाँ बन्ने संरचना अनिवार्य भूकम्प प्रतिरोधी बनाउन सरकारले नीतिगत व्यवस्था गर्न आवश्यक हुन्छ । त्यसका लागि आम नागरिक मैत्री नीतिगत व्यवस्था अहिलेको आवश्यकता हो ।

त्यस्तै संसारमा प्रचलनमा आएको भूकम्प गइसकेपछि धक्का महसुस गर्ने केही सेकेन्ड पहिले जानकारी दिने आलर्म प्रणालीको जडान गर्ने प्रविधिलाई व्यवहारिक रूपमा प्रयोगमा ध्यान दिनु आवश्यक हुन्छ ।   

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: