काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिए । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सरकारले आवश्यक परेकाले कोइरालालाई कतारको राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । तर, मन्त्री बास्कोटाले राजदूत फिर्ता बोलाउनुको कारण भने खुलाउन चाहेनन् ।
राजदुत कोइरालालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले कतारका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।