श्रीलंकाका रक्षा सचिव फेनाल्डोले दिए राजीनामा « Nagarik Khabar

श्रीलंकाका रक्षा सचिव फेनाल्डोले दिए राजीनामा



श्रीलंकाका रक्षा सचिव हेसिरी फेनाल्डोले राजीनमा दिएका छन् । श्रीलंकामा भएको श्रृंखलावद्ध विस्फोटमा सुरक्षा दिन असफल भएको भन्दै उनले नैतिक रुपमा राजीनामा दिएका हुन् ।

फेनाल्डाले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राजीनामा बुझाएको अधिकारीहरुले जनाएको छ । आइतबारदेखि सुरु भएको शृंखलाबद्ध विस्फोटमा परी ३६० भन्दा बढी नागरिकको मृत्यु भएको छ ।

बुधबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रपति सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए।

उनले देशमा गम्भीर घटना हुँदा पनि त्यसलाई बेलैमा रोक्न नसकेको आरोप दुई उच्च अधिकारीमाथि लगाएका थिए। चर्चमाथि भएको आतंकवादी हमलाको जिम्मेवारी आइएसले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: