बिदेनद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेद्वार बन्ने घोषणा « Nagarik Khabar

बिदेनद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेद्वार बन्ने घोषणा



एजेन्सी । अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याट तर्फबाट उनी शक्तिशाली उम्मेद्वार भएको एएफपीले जनाएको छ ।

अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिएका छन् । अमेरिकामा सन् २०२० मा चुनाव हुँदैछ ।

ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताए।

“देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उनले ट्वीटरमा लेखेका छन् ।

अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरेका छन् । उनले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: