कच्चा तेलको मूल्य छ महिनाकै उच्च « Nagarik Khabar

कच्चा तेलको मूल्य छ महिनाकै उच्च



एजेन्सी । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो । जुन महिनाका लागि प्रति ब्यारेल ७५।३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो ।

डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६।१६ डलर पुगेको छ । यो बृद्धिसँगै डब्लुटीआईको मूल्यमा ६ महिनाकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: