आगलागीबाट रसुवामा पाँच घर नष्ट « Nagarik Khabar

आगलागीबाट रसुवामा पाँच घर नष्ट



रसुवा । आगलागीमा परेर रसुवामा पाँच घर नष्ट भएका छन् । घरमा जडान भएको विद्युत् सट हुँदा आज दक्षिणी रसुवामा पाँच घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता ईश्वरीप्रसाद भण्डारीका अनुसार नौकुण्ड गाउँपालिका–१ थाङदोरमा बिहिवार दिउँसो ३ बजे लागेको आगो नेपाल प्रहरी र कालीजङ्ग गणअन्तर्गत फलाखु खोला हाइड्रोपावरको सुरक्षामा तैनाथ नेपाली सेनाद्वारा साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।

लछुमण नेकोर लामाको घरमा रहेको विद्युत् सट हुँदा लागेको आगोले लस्करै रहेका पाँच घर नष्ट भएका हुन् । आगलागीबाट रु ८६ लाख ५० हजार बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: