संस्कार स्कुलकी आकृतिले जितिन अन्तर्राष्ट्रिय खेलमा पदक « Nagarik Khabar

संस्कार स्कुलकी आकृतिले जितिन अन्तर्राष्ट्रिय खेलमा पदक



काठमाडौं । जापानको ओसाकामा भएको इन्टर कन्टिनेन्टल तेक्वान्दो प्रतियोगितामा नेपालले उपलव्धी हासिल गरेको छ ।

अप्रिल २० र २१ मा आयोजना गरिएको १३ औ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट आकृति गुरुङले सिल्भर मेडल जितेकी हुन् । आकृति काठमाडौंको सामाखुशीस्थित संस्कार इंगलिस स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् ।

२५ राष्ट्रका खेलाडी सहभागी प्रतियोगिमा आकृतिले ४४ दशमलब ५ केजी तौल समूहमा मेडल हात पारेकी हुन्।

१४ वर्षीया गुरुङले एक वर्ष पहिलेदेखि मात्र तेक्वान्दो खेल्न थालेकी थिइन । उनले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा भाग लिएकी हुन् । गुरुङले राष्ट्रिय स्तरमा भने विभिन्न प्रतियोगिताबाट तीन पटक कास्य पदक जितेकी थिईन ।

पदक जितेपछि उनले पदकको लक्ष्य सहित जापान आएको र सफल भएकाले निकै खुसी भएको बताईन् । आत्मविश्वास र कडा मेहनतले यो पदक जितेको उनको तर्क छ । अब शिक्षासंगै खेलकुदलाई पनि निरन्तरता दिने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: