झोलामा खोला राख्नेविरुद्ध उर्जामन्त्री पुनको निर्देशनमा कडा कारवाही « Nagarik Khabar

झोलामा खोला राख्नेविरुद्ध उर्जामन्त्री पुनको निर्देशनमा कडा कारवाही



काठमाडौं । विद्यतु विकास विभागले काम नगरी अनुमतिपत्र ओगटेर बस्ने दुई हजार आठ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । पछिल्लो समय अनुमतिपत्र लिने तर लक्षित प्रगति नगर्नेको अनुमतिपत्र खारेज गरिएको हो ।

अहिलेसम्म २ हजार ८ सय ३ मेगावाटका १ सय ६ आयोजनाको अध्ययन अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ । त्यसमध्ये २ हजार ७ सय ८८ मेगावाटका १ सय ४ आयोजना जलविद्युत र १४.५ मेगावाटका दुई आयोजना सोलार रहेका छन् ।

२०७५ पुस १६ देखि यता तीन आयोजनाको अनुमति खारेज गरिएको छ । यीमध्ये एउटा जलविद्युत र दुई वटा सोलार छन् । अब काम नगरी बस्नेको अनुमति धमाधम खारेज गर्दै जाने विभागका महानिर्देशक मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

उर्जा, जलस्रोत तथाई सिचाईमन्त्री वर्षमान पुन अनन्तको कडा निर्देशनपछि झोलामा खोला कब्जा गर्नेहरुविरुद्ध विभागले कडाईका साथ अनुमति खारेज गरेको स्रोतको भनाइ छ ।

खारेज गरिएका आयोजना सरकारी बास्केटमा रहने र यहाँबाट आयोजना लिन चाहनेले तोकिएको शुल्क र अध्ययन गर्दाको लागत तिर्नुपर्ने हुन्छ ।

विभागले अहिलेसम्म १८ हजार १ सय ९३ मेगावाटकाच ३ सय ३७ आयोजनाको अध्ययन अनुमतिपत्र बाँडेको छ । यसमध्ये ४ सय ६१ मेगावाटका ५१ आयोजना सोलारका छन् । यस्तै, गत पुस १६ गतेपछि मात्र जलविद्युततर्फ ७ सय १५ मेगावाटका ८ आयोजनाको अनुमतिपत्र दिइएको छ भने २२।४ मेगावाटका ४ आयोजना सोलारसँग सम्बन्धित छन् ।

विभागले अहिलेसम्म ७ हजार ७ सय ४२ मेगावाटका १ सय ७६ जलविद्युत आयोजनालाई उत्पादन अनुमति दिएको छ । यस अवधिमा ६ मेगावाटका दुई सोलार आयोजनालाई पनि उत्पादन अनुमति दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: