राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त « Nagarik Khabar

राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त



काठमाडौं । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुन काठमाडौंवासीको लागि नौलो विषय होइन ।

सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुपर्यो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: