गुल्मी । खोलाको दूषित पानी पिउँदा गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटमा ९६ जना बिरामी परेको समाचार आजको कान्तिपुरको पृष्ठ १२ मा छापिएको छ ।
बिरामीमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ । अवस्था गम्भीर रहेकी ५९ बर्षीया कुमारी सिञ्जालीलाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको छ ।
८५ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा बिहीबारदेखि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
तस्विरः कान्तिपुर