तण्डुललाई बलाध्यक्षको जिम्मेवारी « Nagarik Khabar

तण्डुललाई बलाध्यक्षको जिम्मेवारी



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका उपरथी गौरव तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । रथी दर्जामा पदोन्नती भएका तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ । वैशाख १० गते बसेको मन्त्रीपरिषद बैठकले उनलाई रथीमा बढुवा गरेको थियो ।
तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान गर्दे प्रधानसेनापति थापाले नेपाली सेनाले जनतालाई समस्या आइपरेको बेलामा सधै अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । उनले हालै बारा पर्सामा आएको हावा हुरीका क्रममा भएको प्राकृतिक विपत्तिमा परेका जनातको उद्धार राहतमा नेपाली सेना खटिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: