काठमाडौं । साउदी अरबको दमानस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको समाचारको कान्तिपुर दैनिकको पृष्ठ ३ मा छापिएको छ ।
कम्पनीमा ११ सय ६३ जना नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन् ।
समयमा काम दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए ।
पछिल्लो एक बर्षमा मात्रै उसले २० हजार कामदार फिर्ता पठाइसकेको छ ।